

लिग टु क्रिकेट : ओमानमाथि नेपालको शानदार जित





काठमाण्डौ । नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा ओमानलाई ७ विकेटले हराएको छ ।
अमेरिका भ्रमणमा रहेको नेपालको यो पहिलो जित हो । ओमानसँगको खेलमा जितका लागि १ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले ३३ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।
नेपालको जितमा आसिफ शेखले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कुशल भुर्तेलले ५६ रन जोडे । त्यसअघि ह्युस्टनमा रहेको मुसा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ओमान ४६ ओभर ५ बलमा १ सय ६३ रनमा अल आउट भयो ।
ओमानका कप्तान जिशान मकसुदले सर्वाधिक ५२ रन बनाए । नेपालका करण केसीले ५ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले १र१ विकेट लिए ।
एक दिवसीयमा करणले दोस्रो पटक पाँच विकेट लिएका हुन् । यसअघि गएको बिहीवार ओमानसँग भएको खेलमा करणले पाँच विकेट लिएका थिए । तर नेपाल १३ रनले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका थिए ।
नेपालले जितसँगै एक स्थान सुधार गरेको छ । नेपाल १५ खेलमा ७ मा जित, ७ मा हार र एक बराबरीसहित १५ अङ्ककासाथ पाँचौँ स्थानमा छ । अङ्क तालिकामा ओमान ४४ अङ्ककासाथ शीर्ष स्थानमा छ ।
स्कटल्यान्ड २८ अङ्कसहित दोस्रो, यूएई २६ अङ्ककासाथ तेस्रो, अमेरिका २१ अङ्ककासाथ चौथो स्थानमा छ । नामिबिया १४ अङ्ककासाथ छैटौँ पपुवा न्युगिनी २ अङ्ककासाथ पुछारमा छ । नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्नेछ ।


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया