

दक्षिण अफ्रिकासँग भारत पराजित

काठमाण्डाै . दोस्रो टी–२० क्रिकेटमा पनि घरेलु टोली भारत दक्षिण अफ्रिकासँग पराजित भएको छ । गएराति भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ४ विकेटले हराएको हो । जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृङ्खलामा २–० को अग्रता बनाएको छ ।
भारतले दिएको १ सय ४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । दक्षिण अफ्रिकाको जितमा हेन्रिच क्लासेनले ८१ रनको अर्धशतकीय पारी खेले ।
यस्तै, कप्तान टेम्बा बाभुमाले ३५ र डेभिड मिलरले २० रन बनाए । भारतका भुवनेश्वर कुमारले ४ तथा हर्सल पटेल र युजभेन्द्र चाहलले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन जोडेको थियो ।
भारतका श्रेयस इयरले ४०, इशान किशनले ३४, दिनेश कार्तिकले ३० तथा हर्सल पटेलले १२ र अक्षर पटेलले १० रान जोडे । दक्षिण अफ्रिकाका एन्रिच नोर्कियाले २ विकेट लिए भने कागिसो रबडा, वायने पर्नेल, डिवाइन पेट्रोरियस र केशव महाराजले एक/एक विकेट लिए ।
पहिलो टी–२० खेल पनि दक्षिण अफ्रिकाले जितेको थियो । पाँच खेलको श्रृङ्खला खेल्न दक्षिण अफ्रिका भारत भ्रमणमा रहेको छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया