

नेपाल ओमानसँग १३ रनले पराजित



काठमाण्डौ । विश्व कप क्रिकेट लिग टु अन्तर्गत श्रृङ्खलाको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।
टेक्ससमा रहेको मोसा क्रिकेट मैदानमा अघि बिहान सकिएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो । ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय पारी खेले ।
यस्तै, देव खनालले ३४, रोहित पौडेलले २०, दिपेन्द्र सिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३, सुनिल धमलाले १२ र करण केसीले ८ रन जोडे । ओपनर सुवास खकुरेलले ३ तथा कप्तान सन्दीप लामिछाने २ रनमा आउट भए ।
ओमानका जिसन मक्सुद र खवर अलिले ३र३ विकेट लिए भने बिलाल खानले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो । ओमानका लागि जिसन मक्सुदले १ सय ४ रनको शतकीय पारी खेले ।
यस्तै, खवर अलीले ३०, सोयब खानले २७ र सुरज कुमारले १२ रन जोडे । नेपालका करण केसीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ तथा सोमपाल कामीले १ विकेट लिए ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया