

सैनामैनामा सुत्केरी र गर्भवतीको निःशुल्क कोरोना बीमा


भदौ ३१ रुपन्देही ।
रुपन्देहीको सैनामैना नगरपालिकाले ‘गर्भवती तथा सुत्केरी’महिलाको निःशुल्क कोराना बीमा गरिदिने भएको छ । नगरमा रहेको ‘उपप्रमुखसँग महिला कार्यक्रम’ अन्र्तगत बीमा गर्न लागिएको उपप्रमुख बिना रानाले जानकारी दिनुभयो । ‘नगरभित्र रहेका डेढ महिनाका सुत्केरी र सबै गर्भवतीको बीमा गर्न थालिएको उपप्रमुख रानाले बताउनुभयो ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार गर्भवती तथा डेढ महिनाको सुत्केरी महिला बीमा कार्यक्रममा सहभागी हुन पाउनेछन् । नगरमा रहेका सबै गर्भवती तथा सुत्केरी महिलाले आफ्नो नजिकै रहेका स्वास्थ्य स्वयंमसेवीकालाई सम्पर्क गर्न नगर स्वास्थ्य शाखाले आग्रह गरेको छ । बिमा गर्न वडाको सिफारिसमा प्रतिव्यक्ति तीन सय रुपैया खर्च लाग्छ । एक लाखको विमा गर्न थालिएको नगरपालिकाले जनाएको छ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया