

आसिफ र कुशल घाइते, सुवासलाई मौका


काठमाडौं
अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल अभ्यास खेलका क्रममा घाइते हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आसिफ र कुशल घाइते भएकोले नेपालका अभ्यास गरिरहनुभएका सुवास खकुरेललाई अमेरिका पठाउने तयारी गरिएको जनाएको छ ।
क्यानले आइतबार विज्ञप्ती जारी गर्दै आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जेठ २६ देखि सुरु हुने त्रिदेशीय सिरिज खेल्न सुवासलाई पठाउने निर्णय गरेको उल्लेख गरेको छ । आसिफ र कुशललाई अभ्यास खेलका क्रममा चोट लागेको हो ।
नेपाल सहित आयोजक अमेरिका र ओमानबीच हुने सिरिजमा नेपालले आफ्नो पहिलो खेल जेठ २६ गते ओमानसँग खेल्दैछ । दोस्रो खेल २८ गते अमेरिका, तेस्रो खेल ३१ गते ओमान र असार १ गते अमेरिकाविरुद्ध खेल्नेछ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया