

१९ वर्षमुनि महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालको पहिलो जित

काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।
नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा ३८ रनमा समेटियो । कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४र१४ रन जोडे । नेपालकी सृष्टि जैशीले ३ विकेट लिइन । यस्तै अनु कठायत, कृतिका मरासिनी र स्नेहा महराले २र२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामी मगरले अविजित ३२ र सृष्टि जैशीले पनि अविजित २३ रन जोडे । त्यस्तै सानु राजवंशी २१ रनमा आउट भइन् । कतारकी साची ढड्वाल र अलिना खानले १र१ विकेट लिए ।
यो छनोटमा नेपालसहित, मलेसिया, युएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमूनिको महिला विश्व कपमा पुग्नेछ । अब नेपालले दोस्रो खेलमा भोलि यूएईसँग खेल्नेछ । यस्तै सोमवार भुटानसँग, मंगलवार थाइल्यान्डसँग र बिहीवार मलेसियासँग खेल्नेछ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया