

१९ वर्षमुनिको एसिया छनोट क्रिकेटका लागि नेपाली महिला टोली मलेसिया जाँदै


काठमाडौं । १९ वर्षमुनिको एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली बुधवार मलेसिया जाँदैछ ।
छनोट खेलमा सहभागी हुन जाने १४ खेलाडी, प्रशिक्षक र चारजना अफिसियललाई नेपाल क्रिकेट संघ ९क्यान० ले मंगलवार नै कार्यक्रम गरी विदाई गरेको छ ।
छनोट खेल मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म हुनेछ ।
एसिया छनोट प्रतियोगिताको विजेता टोलीले विश्वकप खेल्न पाउनेछ । छनोटमा नेपालसँगै भुटान, मलेसिया, कतार, युएई र थाइल्याण्ड छन् ।
नेपालले पहिलो खेल जेठ २० मा कतारसँग खेल्नेछ ।
आईसीसीले पहिलोपल्ट आयोजना गर्न लागेको महिला १९ वर्षमुनिको विश्वकप सन २०२३ जनवरीमा दक्षिण अफ्रिकामा हुँदैछ ।


खबर सबै
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा






प्रतिक्रिया