धुम्रपानले गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं । सूर्तीजन्य पदार्थले शरीरका विभिन्न अंगहरुका साथै आँखामा पनि असर पुर्याउँछ । धुम्रपान गर्ने व्यक्तिको आँखा पोल्नेदेखि आँखा नै नदेख्नेसम्मका विभिन्न समस्या उत्पन्न हुन सक्छ ।

उच्च रक्तचाप र मधुमेहबाट पिडित व्यक्तिले धुम्रपान गर्नु हुँदैन । त्यस्ता व्यक्तिले धुम्रपान गनाँले रगतमा निकोटिकको स्तर बढ्छ, जून आँखाको रेटिनाका लागि घातक हुन्छ । धुम्रपान गर्नुको अर्थ शरीरलाई भित्रैबाट खोक्रो बनाउनु हो ।

सूर्तीजन्य पदार्थको हानिकारक दुष्प्रभावको जरा निकोटिन हो । त्यसमा समावेश विभिन्न अक्सीडेन्टले आँखालाई नोक्सान पुर्याउँछ । धुम्रपान गर्ने व्यक्तिको परिवारलाई पनि यस प्रकारको जोखिम सधैँ भइरहन्छ । कहिलेकाहिँ धुम्रपान नगर्ने व्यक्तिको आँखा पनि चुरोट अथवा बिँडीको धुवाँले पोल्न थाल्छ ।

धुम्रपान गर्ने व्यक्तिको आँखालाई तम्बाखुको विषालु धुवाँमा समावेश रसायनबाट कन्जेक्टिभाको ग्लोबलेट सेल्स क्षतिग्रस्त हुनसक्छ, जसले आँखाको सतहमा पानी आइरन्छ । त्यस्तै, धुवाँमा समावेश कार्बन पार्टीकलहरु परेलामा जम्मा हुन सक्छ, जसले आँखा सुख्खा हुन्छ ।

आँंखाको आँशु कम हुनाले आँखा सुख्खा हुन्छ, जसले आँखा हेर्न गाह्रो भएको महसुस हुन्छ । सधँै आखामा केही बिझेको जस्तो महसुस हुनछ । लामो समयसम्म आँखा सुख्खा भइरहँदा प्रष्ट देखिँदैन ।

धुम्रपानबाट हुने आँखाका समस्या

मोतिबिन्दुको निर्माण ।
उमेरमा आधारित मेक्युलर डिजेनेरेशन ।
थाइराइड, मधुमेह र उच्च रक्तचाप जस्ता समस्या भएका व्यक्तिले धुम्रपान गर्दा आँखालाई झन् क्षति गर्छ ।
मोतिबिन्दु

धुम्रपान गर्ने व्यक्तिलाई अन्य व्यक्तिको तुलनामा छिट्टै मोतिबिन्दु हुन्छ ।
उमेर आधारित मेक्यूलर डिजेनेरेशन
विभिन्न अध्ययनका अनुसार धुम्रपान तम्बाखुको सेवन गर्नेलाई अरुको तुलनामा उमेरमा आधारित मेक्यूलर डिजेनेरेशनको जोखिम दुई गुणा बढी हुन्छ ।
एम्बलायोपिया र अप्टिक न्यूरोपेथी

तम्बाखु सेवनको सबैभन्दा नराम्रो नतिजा हो एम्बलायोपिया र अप्टिक न्यूरोपेथी । तम्बाखुमा समावेश निकोटिनले रेटीना र अप्टिक नर्भका सेलमा घातक प्रभाव छोड्छ । लामो समयसम्म तम्बाखु सेवन गर्नाले आँखालाई अपूरणीय क्षती हुन सक्छ ।

थाइराइड, मधुमेह र उच्च रक्तचाप

यी रोगबाट ग्रस्त बिरामीलाई तम्बाखु कुनै पनि रुपमा सेवन गर्नु घातक हुन्छ । यसले निकोटिन र अक्सीडेन्टको स्तर बढाउँछ ।

प्रतिक्रिया

खबर सबै