

गुजरातले जित्यो आईपीएल क्रिकेटको उपाधि


काठमाण्डौ । नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ ।
गएराति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो । राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो ।
गुजरातका लागि सुबमन गिलले सर्वाधिक ४५ रन बनाए भने कप्तान हार्दिक पाण्डेले ३४, डेभिड मिलरले ३२ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १÷१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो ।
राजस्थानका लागि जोश बट्लरले सर्वाधिक ३९ रन बनाए भने याशभी जैसवालले २२ रन, रियान परागले १५ र सञ्जु सामसनले १४ रन बनाए । गुजरातका हार्दिक पाण्डेयले ३, रविश्रीनिभासन साइ किशोरले २ विकेट तथा मोहम्मद शामी, यश दयाल र राशिद खानले एक÷एक विकेट लिए ।।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया