

गुजरात टाइटन्स आईपीएलको फाइनलमा पुग्यो



एजेन्सी । गुजरात टाइटन्स आईपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।
जितका लागि १८९ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले तीन बल बाँकी रहँदै तीन विकेटमा १९१ रन बनाएर जित निकाल्यो । डेभिड मिलर गुजरातको जितको नायक साबित भए । मिलरले ३८ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए । उनले अन्तिम ओभरको पहिलो तीन बलमा लगातार छक्का प्रहार गर्दै टोलीलाई फाइनलमा पु¥याए । उनलाई कप्तान हार्दिक पाण्डेयले राम्रो साथ दिए । पाण्ड्याले २७ बलमा ५ चौका प्रहार गर्दै अविजित ४० रन बनाए । यसअघि शुभमन गिल र म्याथ्यु वेडले ३५–३५ रनको योगदान दिएका थिए ।
यसअघि पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो । राजस्थान रोयल्सका लागि जोस बटलरले सर्वाधिक ८९ रन बनाए । बटलरले ५६ बलमा १२ चौका र दुई छक्का प्रहार गर्दै ८९ रन बनाए । गुजरात टाइटन्सको टोली पहिलो पटक आईपीएलमा सहभागी भएको हो । तर, यो हारपछि राजस्थान रोयल्ससँग अझै एक मौका छ । उसले एलिमिनेटर राउण्डमा विजेता टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछन्। सन् २००८ को आईपीएलको पहिलो सिजनमा राजस्थान रोयल्सले उपाधि जितेको थियो ।।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया