

नवौँ राष्ट्रिय खेलकुदको मिति सर्यो


काठमाडौं
गण्डकी प्रदेशको पोखरामा आयोजना हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । यही जेठ २२ देखि २८ गतेसम्म हुने भनिएको उक्त प्रतियोगिताको तयारी समय नपुगेकाले मिति सार्न बाध्य भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको बताए।
उनले नवौँ राष्ट्रिय खेलकुदसँग सबन्धित बजेट कार्यान्वयनको लागि सार्वजनिक खरिद ऐनअनुसार जानुपर्ने भएकाले तोकिएको मितिमा प्रतियोगिता आयोजना गर्न नसकेको बताए। अब नवौँ राष्ट्रिय खेलकुद आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुनेछ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ भने दुई प्रर्दशनी खेलको रुपमा राखिएको छ । जसमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो र उसु रहेको छ ।
त्यसैगरी बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल, कन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन र प्याराग्लाइडिङ रहेको छ । ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा समावेश गरेको छ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया