
कपिलवस्तुका २ गुमाएर एक पालिकामा चित्त बुझाउदै जसपा

कपिलवस्तु । २०७४ सालको स्थानीय तह निर्वाचनमा कपिलवस्तुमा दुई पालिका प्रमूख पाएको जनता समाजवादी पार्टी नेपाल यसपटक भने ती दुई पालिका गुमाउँदै एक पालिका प्रमूखमा चित्त बुझाउन बाध्य भएको छ ।
जिल्लाको शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष जितेको जसपा यसपटक यी दुबै पालिकामा स्थान सुरक्षित गर्न सकेन । जिल्लाको कपिलवस्तु नगरपालिकामा मेयर र उप मेयरमा जित हात परेर एउटा पालिकामा भए पनि स्थान सुरक्षित गरेको छ ।
यस अघि शुद्धोधन गाउँपालिका अध्यक्ष रहेका निसार अहमद खाँ स्वतन्त्र समुहबाट निर्वाचित भइ पछि जसपामा प्रवेश गरेका थिए । तर यस पटक उनले जसपाबाटै विभाजन भएको लोकतान्त्रि समाजवादी पार्टीका उम्मेद्धारसँग पराजित हुँदा जसपा शुद्धोधनको पालिका नेतृत्व गर्नबाट बञ्चित हुन पुग्यो । यस्तै मायादेवी गाउँपालिकामा यस अघि पालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हात पारेको जसपा यस पटक दुबै पदमा पराजित हुन पुगेको छ । यहाँ नेपाली कांग्रेसका उम्मेद्धार दुबै पदमा बिजयी बनेका छन् ।
नेतृत्व गरेका दुबै पालिकाबाट पराजित बनेको जसपाका लागि मन बुझाउन एउटा पालिकामा नेतृत्व हात लागि भएको छ । कपिलवस्तु नगरपालिकामा निर्वाचनको मुखमा नेकपा एमालेबाट टिकट नपाउने स्थिति बनेपछि जसपाको बाटो रोजेका सुदिप पौडेल मेयर पदमा विजयी भएर पदभार पनि ग्रहण गरेका छन् । उनी सँगै जसपाले उप मेयर पदमा पनि आफ्नो स्थान सुरक्षित गरेको छ । तर अवसरका लागि राजनितिक लाइन परिवर्तन गर्दै जनप्रतिनिधि बनेकाहरु कति दिन सो पार्टीमा टिक्छन् त्यसको भने कुनै ठेगान छैन ।
कपिलवस्तुमा कहाँ कहाँ जित्यो जसपा ?
कपिलवस्तु नगरपालिका मेयर — सुदिप पौडेल
उप मेयर — सुनिता गुप्ता
वडा अध्यक्षहरु
कपिलवस्तु नगरपालिका वडा नम्बर १ — जाहिद खान
कपिलवस्तु नगरपालिका वडा नम्बर ७ — इन्द्रमणी चौधरी
कपिलवस्तु नगरपालिका वडा नम्बर ११ —राम गोपाल यादब
कृष्णनगर नगरपालिका वडा नम्बर ७ — राजकिसोर यादब
कृष्णनगर नगरपालिका वडा नम्बर ११ — जीवन श्रीवास्तव
शिबराज नगरपालिका वडा नम्बर ६ – मेहताब खान
बुद्धभुमि नगरपालिका वडा नम्बर १० — संदीप पाण्डे
बिजयनगर गाउँपालिका वडा नम्बर ( हृदयेश चौधरी
यशोधरा गाउँ पालिका वडा नम्बर ४ — डा.अहमद अलि खान
मायादेवी गाउँपालिका वडा नम्बर ३ – सैलेन्द्र यादब
मायादेवी गाउँपालिका वडा नम्बर ४ –असफाक खान
मायादेवी गाउँपालिका वडा नम्बर ७ – जनार्दन चौधरी
मायादेवी गाउँपालिका वडा नम्बर ६ – संदीप चौधरी
श्ुद्धोधन गाउँपालिका वडा नम्बर २ – मनोज कुमार यादब
श्ुद्धोधन गाउँपालिका वडा नम्बर ६ – बिजय कुमार यादब
दुई पालिका गुमाउँदै एउटा नगरपालिका प्रमूख र उपप्रमुख जितेको जसपाले जिल्लाका विभिन्न पालिकाका वडाहरुमा भने जित हात पारेको छ । अधिकाशं वडामा जसपाका उम्मेद्धार आफ्नो प्यानल सहित विजयी भएका छन् ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया