

प्रिमियर लिगकाे उपाधि म्यानचेस्टर सिटीलाई

एजेन्सी
यो सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको खेलमा एस्टन भिल्लालाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि सिटीले हात पारेको हो ।
सिजनको अन्तिम खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटी च्याम्पियन बन्यो । एक समय २-० ले पछि परेको सिटी उपाधि गुमाउने संघारमा रहेको थियो । तर, खेलकाे अन्त्यतिर सिटीले सानदार पुनरागमन गरे ।
३७औं मिनेटमा मट्टी कसले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा फिलिप कोउटिन्होले गोल गर्दै भिल्लाको अग्रता दोब्बर बनाएका थिए ।
त्यसपछि सिटीले पाँच मिनेटमा तीन गोल गर्यो । ७६औं मिनेटमा इल्काए गुन्डोगनले गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत दिलाए । त्यसको दुई मिनेट नबित्दै सिटीले बराबरी गोल पनि फर्कायो । ७९औँ मिनेटमा रोड्रीले गोल गरेपछि खेल बराबरीमा आएको थियो । ८१औँ मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई ३-२ को अग्रता दिलाए । त्यसपछि दुवै टाेलीबाट थप गाेल हुन नसक्दा खेल सिटीले जित्याे ।
यता अर्को खेलमा तेस्रो मिनेटमा नै लिभरपुल पछि परेको थियो । पेड्रो नेटोले गोल गर्दै वल्भ्सलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए ।
८४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ८९औं मिनेटमा एन्डी रोबर्टसनले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे । तर, उपाधि भने हात पार्न सकेन ।
दुवै टोलीले जित हात पारेपछि सिटी १ अंकको अग्रतासहित लिग च्याम्पियन बन्न सफल रहयो । समग्रमा सिटी ३८ खेलमा ९३ अंक जोड्दै उपाधि जोगायो । लिभरपुल भने ९२ अंकसाथ दोस्रो भयो ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया