

आईपीएल क्रिकेटःगुजरात प्ले अफमा प्रवेश

काठमाण्डौ । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । पुणेमा गएराति भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुग्ने पहिलो टोली समेत बनेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन बनायो । गुजरातका शुभमन गिलले अविजित ६३ रनको अर्धशतकीय पारी खेले । गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो । लखनउका दिपक होडाले २७ तथा क्विन्टन डी ककले ११ रन जोडे ।
गुजरातका राशिद खानले ४ तथा यश ड्याल र साई किशोरले २र२ विकेट लिए । जितसँगै गुजरातले १२ खेलमा १८ अंक जोडेको छ । गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लखनउ १२ खेलमा १६ अंकसहित दोस्रो स्थानमा झरेको छ । गुजरात र लखनउ आईपीएल क्रिकेटमा नवप्रवेशी टोली हुन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया