

शुद्धोधनमा जसपाको चुनावी सभा



बुटवल ।जनता समाजवादी पार्टी, नेपालले रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा चुनावी प्रचारप्रसारलाई आक्रामक बनाएको छ । पार्टीले व्यापक जनसहभागितासहित गाउँपालिकाको वडा नं। १ मा र्यालीसहितको चुनावी सभा सम्पन्न गरेको छ । सभालाई पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीले सम्बोधन गरेका थिए ।
सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य कार्कीले नेपाली जनताले राजादेखि पञ्चायतहुँदै काँग्रेस, राप्रपा, एमाले, माओवादीसमेतको शासन हेरेको हुँदा अब तिनीहरुबाट केही आशा गर्नु निरर्थक हुने बताउँदै देशको आर्थिक एवं सामाजिक रुपान्तरणको लागि नयाँ वैकल्पिक शक्तिको रुपमा जनता समाजवादी पार्टी खडा भएको बताए । उनले यसै निर्वाचनमार्फत शुद्धोधन गाउँपालिका जसपाका लागि नमूना गाउँपालिका बन्ने समेत उल्लेख गरे ।
जनताले पुराना शक्तिहरुको भ्रम र भयको राजनीति बुझिसकेकाले अब त्यसमा विश्वास नगर्ने बताउँदै उनले भने ‘पुराना पार्टीहरुले भ्रम र भयको राजनीति गरिरहेका छन्, अब जनताले त्यो बुझिसकेकोले अब जनता कसैका फोस्रा आश्वासन, भ्रम र लालचमा पर्नेछैनन्।’ त्यसैगरी चुनावी सभालाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादवले २०६४ को मधेश विद्रोहबाट जन्मिएको जनता समाजवादी पार्टीले सबै शोषित, उत्पीडित र विभेदमा पारिएका समुदायहरुको हक, हित र अधिकारको रक्षा गर्दै उनीहरुलाई सम्मान दिलाउने बताए ।
त्यस्तै कार्यक्रममा जसपाका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार भरथरी यादव, वडा नंं १ का अध्यक्ष पदका उम्मेदवार उदयराज गडेरिया, वडा नं। ५ का वडा अध्यक्ष पदका उम्मेदवार बिपिन कुर्मी, वडा नं। ६ का अध्यक्ष पदका उम्मेदवार जयशंकर पाठक, गाउँपालिका कार्यसमितिका अध्यक्ष तौलेश्वर लोध, उपाध्यक्ष हरि प्रसाद पाल, वडा नं। १ कमिटी अध्यक्ष इस्लाम कलिमलगायतले बोल्दै शुद्धोधनको वडा नं। १ बाट जनता समाजवादी पार्टीले विजयीको खाता खोल्ने बताए । चुनावी सभा अघि व्यापाक जनसहभागिता सहित निस्केको जुलुसले जसपाले वडा नं। १ को शिशै चोक, चानपार, किसुली, चम्कीपुर, भगलापुर, बेलवालगायतका गाउँहरु परिक्रमा गरेको थियो ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया