

आईपीएल क्रिकेटमा चेन्नई विजयी



काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्ग्स ९१ रनले विजयी भएको छ । मुम्बईमा गएराति सकिएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको हो ।
चेन्नईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय १७ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन जोडे । यस्तै, शार्दुल ठाकुरले २४, ऋषव पन्तले २१ र डेभिड वार्नरले १९ रन बनाए ।
चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने मुकेश चौधरी,सिमर्जित सिंह र ड्वाने ब्राभोले २/२ विकेट लिए । यस्तै, महेश थिकशनाले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो ।
चेन्नईका लागि डेभोन कोन्वेले ८७ रनको अर्धशतकीय पारी खेले भने रुतुराज गायकवाडले ४१ रन, शिवम् डुबेले ३२ र कप्तान महेन्द्र सिंह धोनीले २१ रन जोडे । दिल्लीका एन्रिच नोटिर्जले ३ विकेट लिए भने खलिल अहमेदले २ र मिचेल मार्सले एक विकेट लिए । जितसँगै ११ खेलमा ८ अङ्क जोडेको चेन्नई अङ्क तालिकाको आठौँ स्थानमा छ ।
दिल्ली ११ खेलमा १० अङ्क जोडेर पाँचौँ स्थानमा छ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया