

नेपालसँग जिम्बावे ‘ए’ ९ विकेटले पराजित : तीन खेलको श्रृंखला एक/एकको बराबरी

काठमाण्डाै
नेपालसँगको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली जिम्बावे ‘ए’ ९ विकेटले पराजित भएको छ । कीर्तिपुर मैदानमा जिम्बावे ‘ए’ ले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर २ बलमा एक विकेट गुमाउँदै भेट्टायो ।
नेपालका सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए । त्यस्तै आसिफ शेखले अविजित ३४ र विनोद भण्डारीले ४ रन जोडे । जिम्बावेका ब्राण्डन माभुताले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३१ ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । जिम्बावेका जनथान क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रनमा अविजित रहे । नेपालका सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिङ गरे । करण र सोमपालले ३/३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट लिए ।
हिजो भएको पहिलो एकदिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । आजको जितसँगै नेपालले तीन खेलको श्रृंखलामा एक÷एकको बराबरी गरेको छ । अन्तिम तथा तेस्रो एकदिवसीय सोमबार हुनेछ । यसअघि भएको तीन टि–२० अभ्यास खेल पनि एक/एक को बराबरीमा सकिएको थियो । दोस्रो टि–२० वर्षाका कारण प्रभावित भएको थियो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाको तयारीमा नेपालले जिम्बावे ‘ए’ सँग तीन एकदिवसीय र तीन टी–२० श्रृंखला खेलेको हो ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया