

आईपीएल क्रिकेटमा दिल्लीले हैदराबादलाई २१ रनले हरायो

काठमाण्डाै । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदराबादलाई हराएको छ । मुम्बईमा गएराति भएको खेलमा दिल्लीसँग हैदराबाद २१ रनले पराजित भयो ।
दिल्लीले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्रै बनाउन सक्यो । हैदराबादका निकोलस पुरनले ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।
एडिन मार्रक्रमले ४२ रन जोडे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो। दिल्लीका डेभिड वार्नर र रोभम्यान पावेलले अर्धशतकीय पारी खेले ।
वार्नरले अविजित ९२ रन तथा पावेलले ६७ रन बनाए । हैदराबादका भुवनेश्वर कुमार, सिन अब्बोट र श्रेयस गोपालले १/१ विकेट लिए । जितसँगै दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । दिल्लीले १० खेलमा १० अङ्क जोडेको छ । समान खेलमा हैदराबाद १० अङ्कका साथ छैटौँ स्थानमा छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया