

नेपालले जिम्बावे ‘ए’ लाई हरायाे, आसिफ शेखले नटआउट ८७ रन बनाए



काठमाण्डाै
जिम्बावे ‘ए’ सँगकाे तेस्राे तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल आठ विकेटले विजयी भएकाे छ ।
जिम्बावे ‘ए’ ले दिएकाे एक सय ३७ रनकाे लक्ष्य नेपालले १५ ओभर ५ बलमा दुई विकेट गुमाएर भेटायाे । नेपालका लागि आसिफ शेखले नटआउट ८७ रन बनाए । यस्तै कुशल भुर्तेल ३४ र बसिर अहमद १० रन बनाएर आउट भए । बलिङतर्फ जिम्बावे ‘ए’ का लाेके जाेङ्गी र ब्रान्डन मभुताले एक/एक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे जिम्बावे ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन बनायाे । उसका लागि राेए कायाले ४९, तदिवान्शे माैरामनीले २७ र लुके जाेङ्गेले नटआउट २३ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा साेमपाल कामी र बसिर अहमदले एक/एक विकेट लिए । जिम्बावे ‘ए’ का तीन जना खेलाडी रन आउट भए ।
याेसँगै तीन खेलकाे शृङ्खला एक–एककाे बराबरीमा सकिएकाे छ । यसअघि पहिलाे टी–२० खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएकाे थियाे । दाेस्राे खेल भने वर्षाका कारण रद्द भएकाे थियाे ।
टी–२० शृङ्खलापछि नेपाल र जिम्बावेबीच तीन खेलकाे एकदिवसीय शृङ्खला पनि हुँदैछ । २३ गते शुक्रवार पहिलो एकदिवसीय, २४ गते शनिवार दोस्रो र २६ गते सोमवार तेस्रो एकदिवसीय खेल हुनेछ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया