

आईपीएल : कोलकाता चार विकेटले पराजित

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई चार विकेटले हराएको छ ।
मुम्बईमा कोलकाताले दिएको एक सय ४७ रनको लक्ष्य दिल्लीले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । दिल्लीका लागि डेभिड वार्नरले ४२ र रोवमन पावेलले नटआउट ३३ रन बनाए । बलिङतर्फ कोलकाताका उमेश यादवले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले नितिश रानाको ५७ रनको मद्दतमा एक सय ४६ रन बनाएको थियो । उसलाई मध्यम स्कोरमा समेट्न दिल्लीका कुलदीप यादवले चार र मुस्ताफिजुर रहमानले तीन विकेट लिए।
जितसँगै दिल्ली आठ खेलमा आठ अङ्कसहित छैटौँ स्थानमा पुगेको छ । आठ खेलमा ६ अङ्क रहेको कोलकाता आठौँ स्थानमा छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया