


गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिने तीन जना माओवादीबाट निष्काशित



भोजपुर
पाँच दलीय सत्ता गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिनेलाई नेकपा माओवादी केन्द्र भोजपुरले कारबाही गरेको छ । गठबन्धन तथा पार्टी नीति, निर्णय र निर्देशनविरुद्ध उम्मेदवारी दिने तीन जनालाई माओवादी केन्द्र भोजपुरले पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्काशन गरेकाे हो ।
नेकपा माओवादी केन्द्र भोजपुरको संयोजक नगेन्द्र भुजेल (शैलेन्द्र)का अनुसार भोजपुर नगरपालिका-११ का आम्तेक मोहनसेन राई, षडानन्द नगरपालिका-९ का शेखर तामाङ र षडानन्द नगरपालिका-१३ का ओम कुमार श्रेष्ठलाई माओवादी केन्द्रले कारबाही गरेको हो ।
संयोजक शैलेन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ- वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा प्रतिगमन विरोधी गठवन्धन दल तथा पार्टी नीति, निर्णय र निर्देशन विपरीत अनुशासन उलङ्घन गर्दै गठवन्धन भन्दा बाहिरी दलको चुनाव चिन्ह लिई मनोनयन दर्ता गरेको हुँदा नेकपा (माओवादी केन्द्र)को साधारण सदस्य समेत नरहने गरी आजकै मितिबाट निष्कासन गरी कारवाही गरिएको छ ।
पार्टीको नीति, निर्णय र निर्देशन विपरीत विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवार दिनेहरुलाई उम्मेदवारीलाई फिर्ता लिन पनि माओवादीले आग्रह गरेको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया