

शान्तिपूर्ण प्रदर्शन, दिप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम


इ-साझा कुरा भगवती न्यौपाने, भदौ २५
कपिलवस्तु, महिला बालबालिकाको हिंसा विरुद्धको हाम्रो अभियान करुणा घर्तिमगरको आत्माको चिर शान्तिको कामना सहित शान्तिपूर्ण प्रदर्शन, दिप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम मेचीमहाकाली बुहारी संयुक्त आवाज रुपन्देहीका संयोजक लता खड्काकोे अध्यक्षतामा सम्पन्न भएको छ । कञ्चन गाउँपालिका १ को राड डाडामा श्रद्धाञ्जली कार्यक्रममा बोल्दै संयोजक खड्काले यस आवाजले हरेक अन्यायको विरुद्धमा आवाजको काम गर्ने बताउनु भयो । हत्यामा संलग्न जो कोहिलाई कानुनि कार्वाही हुन पर्ने उहाँले तर्क गर्नु भयो ।

आज पनि समाजमा छोरि, महिला सुरक्षित नभएको बताउँदै यस आवाजले हरेक आवजको काम गर्ने समेत बताउनु भएको छ । मेचीमहाकाली बुहारी संयुक्त आवाज, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा प्रमुख अथिति कञ्चन गाउँपालिका प्रमुख गोकर्ण क्षेत्रिले करुणाको केशमा गाउँपालिका निदाएर नबसेको बताउँदै स्थानिय सरकारले घटना प्रती सुक्ष्म अध्ययन गर्ने बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष गोमा तरामुले कानुनको रिपोर्टले फरक देखाउँदा कानुन विपरीत जान नसकेको बताउनु भयो । तर घटना संकास्पद देखिएको बताउनु भयो । यस्तै श्रद्धाञ्जली कार्यक्रममा कञ्चन गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिनारायण चाैधरिले समाजमा यस्तो घटना नघटाेस भन्नका लागि जुनसुकै घटना भए पनि अन्यायमा परेकालार्इ न्याय दिनु मानविय कर्तव्य भएको धारणा राख्नु भयाे । यस्तै अावाजका केन्द्रीय सल्लाहकार सुर्य हरि मराठा लुम्बिनी अञ्चल सल्लाकार गंगा केसिले बाेल्दै २१ अाै शताब्दीमा पनि यसरी घटना हुनु भनेकाे महिला अाज पनि समाजमा सुरक्षित नभएको स्पष्ट पार्नु भयाे । हेटौंडा पीडा सेलाउन नपाउदै अाज अर्काे चेलिकाे मृत्यु हुनु भनेकाे कार्वाहीकाे पाटाे कमजाेर भएको समेत बताउनु भएको छ । करुणाको बाबाआमा रनवादुर र सम्झना घर्तिमगरले कतै आफु गरिव भएको कारण न्याय नपाएको होकि भन्दै आवाजले न्याय दिने आशामा रहेको बताउनु भयो। उहाँले न्यायको ढोका ढकढककाउदा समेत न्याय नपाएको दुख व्यक्त गर्नु भयो ।
करुणाको गत साउन २२ गते घर नजिकैको जङ्गलमा बलत्कार भएर झुन्डिएको अवस्थामा हत्या भएको थियो । उहाँको सम्बेदनशिल अङ्गमा समेत चोट लागेको र लगाएको कपडा छताछुल्ल थियो । आवाजकी कपिलवस्तु संयोजक चन्द्रा अर्यालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन रुपन्देही संहसचिव ईन्द्रा विकले गर्नु भएको थियो । कार्यक्रममा स्थानिय, बुद्धिजिवि, समाजसेवि, आवाजका रुपन्देही, कपिलवस्तु सम्पुर्णको उपस्थित रहेको थियाे ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया