

आईपीएल क्रिकेट : कोलकाता ७ रनले पराजित


काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । गएराति भएको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई ७ रनले हरायो ।
राजस्थानले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० रन मात्र बनाउन सक्यो । कोलकाताका कप्तान श्रेयस आयरले ८५ र आरोन फिन्चले ५८ रनको अर्धशतकीय पारी खेले ।
राजस्थानका युजभेन्द्र चाहलले ह्याट्रिकसहित ५ विकेट लिए । उनले १६ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरे । ओबेड म्याककोयले २ तथा प्रसिद्ध कृष्ण र रविचन्द्र आश्विनले १–१ विकेट लिए । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय १७ रन जोडेको थियो ।
राजस्थानका लागि जोस बट्लरले १ सय ३ रनको शतकीय पारी खेले । कोलकाताका सुनिल नारिनेले २ विकेट लिए । जितसँगै राजस्थान आठ खेलमा आठ अङ्क जोडेर अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोलकाता ७ खेलमा ६ अङ्क जोडेर छैटौँ स्थानमा छ ।


खबर सबै
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश






प्रतिक्रिया