

पाल्पामा बस दुर्घटना : २ जनाको मृत्यु, ४ जना सख्त घाइते



बुटवल
पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा- ६, जुठापौवामा शुक्रबार साँझ ग१ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रैनादेवी छहरा- ६, धारापानीका ४२ वर्षका बेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटी रहेका छन् । उनीहरूको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
बस सडकबाट चारसय मिटर तल खसेर भएको दुर्घटनामा परी सोही ठाउँका ७ वर्षका रोहित घर्ती, ८ वर्षका मिलन बगाले, ८ वर्षका रोमन घर्ती, ९ वर्षका खिमबहादुर घर्ती सख्त घाइते भएका छन् ।
घाइते चार जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया