

‘नेपाल एसियन कपमा छनाेट हुन गाह्राे छ’ : अलमुताइरी



काठमाण्डाै
एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टाेलीले आज शुक्रवारदेखि प्रशिक्षण सुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणमा डाकिएका २५ खेलाडीमध्ये २३ खेलाडी अभ्यासमा उपस्थित हुँदा कप्तान किरण चेम्जोङ विदेशमा भएका कारण र देवेन्द्र तामाङ पारिवारिक कारणले उपस्थित भएनन् ।
अभ्यास सुरु भए पनि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले भने अहिलेकाे तयारीले छनाेट हुनै कठिन हुने प्रतिक्रिया दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अलमुताइरीले सपना ठूलो देखे पनि वास्तविकतामा नेपाली फुटबलको स्तर धेरै तल रहेको भन्दै यही प्रयासले छनोट हुन नसक्ने बताए । यद्यपि उनले छनोटमा राम्रो गर्ने प्रयास गर्ने बताए ।
नेपाली फुटबल टोली आफूले सम्हाल्दा र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको बताउँदै मुख्य प्रशिक्षक अलमुताइरीले दुई महिनापछि कुवेतमा हुने एएफसी एसियन कप छनोटका लागि टाेली योग्य नभएको बताएका हुन् । नेपाली टोलीसँग प्रतिस्पर्धा गर्न लागेको टोलीमा धेरै व्यावसायिक खेलाडी भएको र उनीहरू युरोपबाट खेल्ने गरेको भन्दै उनले नेपाली टोलीमा अनुभवी र व्यावसायिक खेलाडी नभएको बताए । यही कारण एसियन कपमा नेपाली टोली छनोट हुन नसक्ने अलमुताइरीकाे भनाइ छ । प्रतिष्ठित प्रतियोगिता खेल्नका लागि टोलीमा धेरै सुधारदेखि फुटबलको जग बलियो हुनुपर्ने औल्याउँदै उनले ग्रासरुट देखि उमेर समूहका खेल राम्रो नभएसम्म नेपाली फुटबल अगाडि बढ्न नसक्ने बताएका हुन् ।
नेपाली टोलीले दशरथ रङ्गशालामा जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी थालेको हो । छनोट प्रतिोगिताका लागि समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । एएफसीले एसियाली २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ । यसमा हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन् ।
छनाेटमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्नेछ भने दोस्रो खेल जुन ११ मा कुवेतसँग खेल्नेछ । यस्तै अन्तिम खेल जुन १४ मा इन्डोनेसियासँच खेल्नेछ । त्यसअघि नेपाली टोलीले विदेश भ्रमण गर्दा केही मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । यद्यपि कुन टोलीसँग हुने भने तय भएको छैन ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया