

रुपन्देहीमा युवतीको शंकास्पद मृत्यु, माइती पक्षको प्रदर्शन, पति र सासूससुरा पक्राउ



रुपन्देही ।रुपन्देहीको तिलोत्तमा नगरपालिका(२ भेटनरी लाइनमा २९ वर्षीय युवतीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले विरोध प्रदर्शन गरेका छन् ।
बुधबार राति करिब पौने १० बजे विष सेवन गरेको अवस्थामा भेटिएकी २९ वर्षीया अमृता टण्डनको उपचारको क्रममा मृत्यु भएको थियो । अमृताको श्रीमान्ले नै हत्या गरेको माइती पक्षले दाबी गरेको छ ।
कारबाहीको मागसहित उनीहरूले घर घेराउ र नाराबाजी गरेका छन् । विष सेवन गरी घाइते भएकी अमृतालाई उनका श्रीमान्ले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।
‘माइती पक्षबाट श्रीमानले नै हत्या गरेको भन्ने आरोप छ, सोही आधारमा उनका श्रीमानलाई पक्राउ गरेका छौं ’, डीएसपी केसीले भने ।
माइतीतिरका एक आफन्तले अमृताले बुधबार राति करिब साढे ९ बजे आफ्नो दाजुलाई बचाउन अपिल गर्दै म्यासेज लेखेको र म्यासेज आएको जानकारी हुनासाथ कुरा बुझ्दै जाँदा करिब १५ मिनेटपछि अस्पतालमा मृत्यु भएको खबर आएको बताएका छन् ।
घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने तथा दोषीमाथि कारबाहीको माग गर्दै अमृताको घरअगाडि विरोध प्रदर्शन भइरहेको छ ।
बुधबार तिलोत्तमाको जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टानबित्दै उनको मृत्यु भएको माइती पक्षको भनाइ छ ।
अमृतालाई परिवारकै सदस्यले हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाइ उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएको माइती पक्षको आरोप छ । अस्पताल पुर्याउँदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले उक्त घटना हत्या नै भएको छिमेकी दाजु लक्ष्मण शर्माले दाबी गरे ।
‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, १० नबज्दै मृत्यु भएको खबर आयो ।’ शर्माले भने ।
छोरीलाई घरमा सासु, ससुरा, श्रीमान्ले धेरै पहिलादेखि नै गालीगलौज र यातना दिंदै आएको अमृताकी आमा सावित्रा खत्रीले बताइन् । अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । उनका ५ वर्षीय छोरा छन् ।
मृतकका श्रीमान्, सासु र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया