


सूर्य चिह्न बिक्री भएको हो ? : भीम रावल



काठमाडौं
नेकपा एमालेका नेता भीम रावलले सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो भन्दै नेतृत्वसमक्ष प्रश्न गरेका छन् । एमालेले बुधबार राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नमा चुनाव लड्न दिने तर निर्वाचित व्यक्ति पुरानै हैसियतमा रहनेगरी सहमति गरेकोमा रावलले आपत्ति जनाएका हुन् ।
नेता रावलले ‘विपरित सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ?’, भन्दै प्रश्न गरेका हुन् । बिहीबार सामाजिक सञ्जालमा रावलले लेखेका छन्, ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र !’


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया