

नवाैँ राष्ट्रिय खेलकुद जेठ २२ देखि पाेखरामा हुने, टी–२० शृङ्खला विजेता टाेलीले जनही २ लाख रुपैयाँ पाउने

काठमाण्डाै
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा हुने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले प्रतियोगिताको मिति तय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज (अथक) ले सामाजिक सञ्जालबाट जानकारी दिनुभयो । प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुनेछ । यसअघि आठौँ राष्ट्रिय खेलकुद तत्कालीन मध्यपश्चिम रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा सञ्चालन भएको थियो ।
यसैबीच मन्त्रिपरिषद्को बैठकले त्रिदेशीय टी–२० शृङ्खला विजेता नेपाली टाेलीका खेलाडीहरूलाई पुरस्कृत गर्ने निर्णय पनि गरेको छ । चैत १४ देखि २१ गतेसम्म काठमाण्डाैमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबीचको शृङ्खलाकाे उपाधि जितेकाे नेपाली टाेलीका खेलाडीहरूलाई जनही दुई लाख रुपैयाँ नगदसहित पुरस्कृत गर्ने निर्णय भएको हो ।
मन्त्रिपरिषद्काे निर्णयअनुसार त्रिदेशीय टी–२० शृङ्खला खेलेका १६ खेलाडीले दुई/दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले एक लाख ५० हजार तथा अन्य अफिसियलले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया