

पञ्जाबसँगको खेलमा गुजरातको रोमाञ्चक जित


काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ । गएराति मुम्बईमा भएको खेलमा गुजरातले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हरायो।
पञ्जाबले दिएको १ सय ९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । गुजरातका सुबमन गिलले ९६ रनको अर्धशतकीय पारी खेले ।
अन्तिम ओभरमा गुजरातलाई १९ रन आवश्यकता थियो । राहुल टेवाटियाले दुई छक्का र डेभिड मिल्लरले एक चौका हानेपछि गुजरातले रोमाञ्चक जित निकालेको हो ।
पञ्जाबका कागिसो राबडाले दुई तथा राहुल चाहरले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । पञ्जाबका लियाम लिभिङस्टोनले ६४ रनको अर्धशतकीय पारी खेले ।
गुजरातका रासिद खानले तीन तथा दर्शन नालकान्डेले दुई विकेट लिए । जितसँगै तीन खेलमा ६ अङ्क जोडेको गुजरात अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाबको यो दोस्रो हार हो। पञ्जाब ४ खेलमा दुई अङ्कका साथ छैटौँ स्थानमा छ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया