

अर्घाखाँचीमा बस दुर्घटना, १० यात्रु घाइते


अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ भलायडाँडामा तीर्थयात्री सवार बस दुर्घट्ना भएको छ ।
पोखरा-३१,वेगनासताल स्थित साना किसान कृषि सहकारीबाट भ्रमणको लागि बुटवल- प्युठान हुँदै अर्घाखाँची आएको ग २ ख ६८० नम्बरको बस भलायडाँडामा ओरालोमा ब्रेक फेल भई दुर्घटनाग्रस्त भएको हो।
पोखराबाट चैत २३ गते गण्डकी प्रदेश कास्की जिल्ला वेगनासबाट भ्रमणको लागि स्थानीय यात्रु बोकेर हिडेको बसमा २६ जना सवार मध्ये तीन जनाको सामान्य फ्याक्चर बाहेक अरुको अवस्था सामान्य रहेको छ ।
घटना भएको थाहा पाएलगत्तै जिल्ला प्रहरी र स्थानीयको सक्रियतामा घाइतेहरुको उद्दार गरिएको थियो । घाइतेहरुको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार हुँदैछ ।
ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना हुने अवस्था आएपछि चालकको साबधानीले बस सडकको माथिल्लो साइडमा ठोक्किएर अडिएको छ ।
बिरामीहरुको अबस्था बुझ्न् प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे ,प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल, माओबादी केन्दका नेता तथा सन्धिखर्क नगरउपप्रमुख ठाकुर कुमार बिक माओबादी केन्दका जिल्ला संयोजक राजेन्द्र भुसाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल प्रदेश सदस्य प्रेम आचार्य जिल्ला कोषाअध्यक्ष रुद्रमणि भुसाल लगायतको टोलि अर्घाखाँची अस्पताल पुगि बिरामीहरुको स्वास्थ अवस्था बारे जानकारी लिदै बिरामीहरुको स्वास्थ उपचारमा केहि कमि हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
उपचारपछि सबै यात्रुहरुलाई अर्को बसमा पोखरा पठाईने बताइएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया