

आईपीएल क्रिकेटमा आज कोलकाता र मुम्बई खेल्दै


काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दै छन् ।
खेल बेलुका पौने ८ बजे पुनेमा हुनेछ । कोलकाता आज तेस्रो जितको खोजीमा हुनेछ ।
कोलकाता मुम्बईलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । कोलकाता तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । मुम्बईलाई हराएमा कोलकाता शीर्ष स्थानमा पुग्नेछ । मुम्बई भने आज पहिलो जितको खोजीमा हुनेछ ।
अहिलेसम्म दुई खेल खेलेको मुम्बईले दुवैमा हार बेहोरेको छ । मुम्बई अङ्क तालिकाको आठौँ स्थानमा छ ।


खबर सबै
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश






प्रतिक्रिया