
अर्घाखाँचीमा थप एक कोरोना संक्रमितको मृत्यु

भदौ २३ कपिलवस्तु
अर्घाखाँचीका एकजना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहोलपुरमा मृत्यु भएको छ ।
सितगंगा नगरपालिका(१२ का ४२ वर्षीय पुरुषको मंगलबार बिहान ९ स् २० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए ।मृतक भदौ ११ गते कोहलपुरस्थित शिक्षण अस्पतालमा गम्भीर अवस्थामा भर्ना भएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दा केही सुधार भए पनि मंगलबार उनको मृत्यु भएको श्रेष्ठले बताए ।
मृतक साउन २७ गते टिपर दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना भएका थिए । दायाँ करङ् र नाडी भाँचिएका उनको १४ दिनपछि अप्रेसन गर्नुअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनी भैरहवाकै भीम अस्पतालमा रिफर भएका थिए । भीम अस्पतालले समेत कोरोना संक्रमितको शल्यक्रिया गर्न जोखिम हुने भएकोले ११ गते कोहलपुर रिफर गरेको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया