

त्रिदेशीय टी–२० शृङ्खलाकाे ‘ट्रफी’ घरमै राख्छाैँ : कप्तान लामिछाने

काठमाण्डाै
त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलामा अपराजित रहँदै फाइनल पुगेकाे नेपाली राष्ट्रिय क्रिकेट टोलीले भाेलि साेमवार उपाधिका लागि पपुवा न्यु गिनी (पीएनजी) सँग खेल्दैछ ।
आज आइतवार टी–२० शृङ्खलाकाे ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले फाइनलमा पनि सुखद नतिजालाई निरन्तरता दिँदै उपाधि घरमै राख्ने बताएका हुन् । घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफूले शतप्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका हुन् ।
यस्तै पीएनजीका कप्तान आसाद भालाले पनि अघिल्ला दुई खेलमा भएका गल्तीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यसहित नेपालसँग खेल्ने बताए ।
शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले हिजाे शनिवार मलेसियामाथि ८५ रनको जित निकाल्दा पीएनजीले नेट रनरेटकाे आधारमा फाइनलमा स्थान बनाएको थियो । नेपाल र पीएनजीबीचको फाइनल खेल कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे बजे सुरु हुनेछ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया