

आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई हरायो





एजेन्सी
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई हराएको छ ।
गएराति मुम्बईमा चेन्नइले दिएको दुई सय ११ रनको विशाल लक्ष्य लखनउले ३ बल बाँकै छँदै चार विकेट गुमाएर भेट्टायो । उसका लागि क्विनटन डि ककले ६१, इभन लुइसले ५५ र केएल राहुलले ४० रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले रोविन उथापाको ५० तथा शिवम् दुवेको विष्फोटक ४९ रनको मद्दतमा एक सय १० रन बनाएको थियो । बलिङतर्फ लखनउका अभेस खाँन,एन्ड्रयु टाई र रवी विष्णोइले २/२ विकेट लिए । जितसँगै लखनउले २ अंक जोेडेको छ भने चेन्नई लगातार दोस्रो खेलमा पनि पराजित हुँदै अंकविहीन रहेको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया