


प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै, महत्वपूर्ण सन्धि सम्झौता नहुने



काठमाण्डाै
प्रधानमन्त्री शेरबहादुर देउवा आज तीन दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ बजेर २५ मिनेटमा नयाँदिल्ली प्रस्थान गर्नेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लाग्नुभएका प्रधानमन्त्री देउवाले वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणमा प्रधानमन्त्रीसहित उहाँकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी ५० जना रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
देउवाले भोलि भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ । प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडू, विदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा नेपाल–भारतबीच महत्वपूर्ण सन्धि सम्झौता भने हुने छैनन् । देउवाले भारत नयाँ दिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमण पुरा गरी देउवा आइतबार बेलुका सवा ६ बजे नेपाल फर्कने तालिका रहेको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया