

नेपालले पीएनजीलाई दियाे २ सय ४ रनकाे लक्ष्य, डेब्यु गरेका आदिलले ११ बलमा ३१ रन बनाए



काठमाण्डाै
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई दुई सय चार रनकाे लक्ष्य दिएकाे छ ।
आज बिहीवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनायाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रन बनाए । यस्तै राेहित पाैडेलले ४१, आशिफ शेखले ३८ रन बनाउँदा टी–२० मा डेब्यु गरेका आदिल आलमले ११ बलमा ३१ रन बनाए । यस्तै कुशल भुर्तेलले १७, आरिफ शेखले नटआउट दुई र करण केसीले १ रन बनाउँदा दीलिप नाथ शून्यमै आउट भए ।
बलिङतर्फ पीएनजीका कबुआ माेरेले तीन विकेट लिए । यस्तै रिले हिकुरेले दुई विकेट लिँदा नाेरमन भानुआ र नाेसइना पाेकनाले एक/एक विकेट लिए ।
आजको खेल नेपालको ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल हो । नेपालले अहिलेसम्म खेलेका ४९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २७ खेलमा जित निकालेको छ भने २१ खेलमा पराजित र एक खेल नतिजा विहीन भएको छ । आजको खेलमा अलराउण्डर आदील अन्सारीले डेब्यु गरेका छन् । कुशल मल्लको ठाउँमा आदीलले डेब्यु गरेका हुन् ।
यसअघि हिजो बुधवार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले र गएकाे सोमबार भएको पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । लगातार दोस्रो जितसँगै नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ र फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । नेपालले चौथो खेल आउँदो शनिवार फेरि मलेसियासँग खेल्नेछ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया