बुद्धभूमिमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुटबल

कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमिमा जारी दोस्रो बुद्धभूमि मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार मैत्रीपुर्ण खेलबाट प्रतियोगता उद्धाटन गरिएको छ । बुद्धभुमि नगरपालिकाका जनप्रतिनिधि/कर्मचारी र नेपाल पत्रकार महासंघ कपिवस्तु शाखा बीच मैत्रीपूर्ण फुटबल भएको हो । जसमा जनप्रतिनिधिको टोली बिजयी भएको छ भने पत्रकारको टोली उपविजेतामा चित्त बुझाएको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाद्धारा आयोजित दोस्रो बुद्धभूमि मेयर कप फुटबल प्रतियोगितामा जनप्रतिनिधि/कर्मचारी र नेपाल पत्रकार महासंघ कपिलवस्तु बिच भएको कडा प्रतिस्पर्धामा जनप्रतिनिधिरकर्मचारीको टिम विजयी भएको हो । सो टिमले नेपाल पत्रकार महासंघको टिमलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । जनप्रतिनिधिरकर्मचारी टिमका अनिल श्रेष्ठले २ गोल गरे भने वडा नं। ४ का वडाध्यक्ष पबन कुमार चौधरीले १ गोल गरे । त्यस्तै नेपाल पत्रकार महासंघ कपिलवस्तुका तर्फबाट पत्रकार चन्द्रकान्त न्यौपानेले १ गोल गरे ।

उद्घाटनमा खेल्दै नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले मैत्रीपुर्ण खेलले खेलाडीको अनुशासनका साथै आपसी सद्भाव कायम गरेको भन्दै यस्ता खालका खेलकुदलाई निरन्तरता दिने बताए ।
साथै उनले नगरपालिकाले पहिलो बर्ष देखिनै खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिंदै आएको बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु। ४० हजार, द्धितीय हुनेले रु। २० हजार र तृतीय हुनेले रु १० हजार सहित प्रमाण पत्र प्राप्त गर्ने छन् ।
बुद्धभूमि नगरपालिका वडा नं। १ विरपुर खेल मैदानमा जारी नगरपालिकाद्धारा आयोजित प्रतियोगिता चैत्र १२ गते सम्पन्न हुने छ ।

प्रतिक्रिया

खबर सबै