

वाग्लेको अध्यक्षतामा राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति कपिलवस्तु गठन



जितपुर ।
राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति कपिलवस्तुको प्रथम भेला जिल्लाको चार नम्बर जितपुरमा सम्पन्न भएको छ । भेलाले हिमलाल वाग्लेको अध्यक्षतामा ९ सदस्यीय राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति कपिलवस्तु गठन गरेको छ ।
समितिको उपाध्यक्षमा बि शंकर पराजुली , सचिवमा कमल खड्का , कोषाध्यक्षमा घनश्याम पोख्रेल, सह(सचिव बिमला श्रेष्ठ चयन भएका छन भने सदस्यहरुमा रामु पौडेल, भिम बहादुर राहाडि रहेका छन् ।
भेलालाइ सम्बोधन गर्दै समन्वयका केन्द्रिय प्रतिनिधि दिपक पौडेलले पार्टिको आठौ महाधिवेशनले दक्षिणपन्थी कार्यदिशा निर्धारण गरि बर्तमान भ्रष्ट संसदीय व्यस्थाको हिस्सेदार बनेर क्रान्तिकारी बिचारहरुलाई त्याग्दै गएको बताए । सोही कारण दक्षिणपन्थी सम्सोधनाबादका बिरुद्ध सम्झौताहीन संघर्ष गर्नुपर्ने आवश्यक्त्तामा समेत उनले जोड दिएका छन् । साथै अहिलेको गठबन्धनमा समेल हुनु वा सरकारको समर्थन गर्नुले बैचारिक विचलन भएको पनि उनको दाबी थियो । पार्टीको गलत नीतिका कारण राष्ट्रिय जनमोर्चाको पुन ः गठन गर्नु परेको उनले बताए । कार्यक्रममा प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष माधव भाट क्षेत्री, राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समितिका केन्द्रिय सदस्य कमल खड्का लगायतले शुभकामना दिनुभयको कार्यक्रम हिमलाल वाग्लेको अध्यक्षता , बि शंकर पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया