

साफ यु-१८ च्याम्पियनसिपमा नेपाल र भारत खेल्दै


भारतमा जारी साफ यु-१८ महिला च्याम्पियनसिपमा नेपालले आज सोमबार घरेलु टोलीको सामना गर्दैछ । खेल जमसेदपुरमा बेलुका सवा ७ बजे सुरु हुनेछ ।
आज भारतलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । नेपालले पहिलो खेलमा भारतसँग ७–० र दोस्रो खेलमा बंगलादेशसँग ४–२ को हार बेहोरेको थियो ।
डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको पहिलो भेटमा भारतले नेपाललाई ७–० ले हराएको थियो । भारत त्यसलाई कायम राख्दै लगातार तेस्रो जितको खोजीमा हुनेछ । उसले दोस्रो खेलमा बंगलादेशमाथि १(० को कठिन जित हात पारेको थियो ।
तीन टोली सहभागी प्रतियोगितामा भारत भारत २ खेलका ६ अंकका साथ शीर्ष स्थानमा छ । बंगलादेश ३ अंकका दोस्रो स्थानमा रहँदा अंकबिहीन नेपाल पुछारमा छ ।








प्रतिक्रिया