

ओडिआईमा ज्ञानेन्द्रको पहिलो विकेट



काठमाडौं
आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध पूर्व कप्तान ज्ञानेन्द्र मल्लले महत्वपूर्ण सफलता दिलाएका छन् ।
शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्युगिनीले सुरुवाती २५ ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनाएको छ । पपुवा न्युगिनीलाई ओपनर टोनी उरा र लेगा सिकायाले पहिलो विकेटका लागि ९.४ ओभरमा ५१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । आरिफको आउट साइड अफ बलमा एज लाग्दै उरा विकेटकिपर विनोद भण्डारीबाट २७ रनमा क्याच भए । उराले ३४ बलमा ५ चौका प्रहार गरे ।
१३ औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले अर्का ओपनर लेगा सियाकालाई २५ रनमा बोल्ड आउट भए । उनले ३३ बलमा २ चौका प्रहार गरे । ज्ञानेन्द्रले २४ औं ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका प्रमुख ब्याटर तथा कप्तान असाद भालालाई १९ रनमा कुशल भुर्तेलबाट क्याच गराए । ठूलो सट खेलेका भाला मिडअनमा क्याच हुन पुगेका थिए । उनले ५२ बलमा १ चौका प्रहार गरे ।
ज्ञानेन्द्रको ओडिआईमा यो पहिलो विकेट हो । पहिलो पटक ओडिआईमा बलिङ गरेका हुन् । ज्ञानेन्द्रले पार्ट टाइम स्पिनरको रुपमा बलिङ गरेका हुन् । हिरी हरी शून्यमा रन आउट भए । ज्ञानेन्द्रको सहयोगमा विनोद भण्डारीले रन आउट गराएका थिए । क्रिजमा चाल्स अमिनी १८ रनमा अविजित छन् ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया