

मुक्ति आन्दोलनका लागी जनयुद्ध लडेका जनमुक्ति सेनाका योद्धा प्रति गरिएको अपमान सह्य हुँदैन : सुनिता गौतम (सृजना)



ईसाझाकुरा
जनमुक्ति सेनाका बटालिएन कमाण्डर सुनिता गौतम (सृजना)ले सर्जक लोक गायक प्रकाश सुपतले बजारमा ल्याएको गीत एवम त्यसमा देखाईएको दृश्य प्रति आपत्ति प्रकट गर्नु भएको छ । तानाशाही एवम क्रुर राजतन्त्रात्मक शासन व्यवस्था विरुद्ध आफ्नो जीउ र ज्यानको बाजी राखेर जनयुद्ध लड्ने कुनै पनि योद्धाहरु आफ्नो अस्मितालाई बचेर आफ्नो छाक गुजार्नु नपरेको कुरा बताउनु भएको छ ।
सँकटकालिन अवस्थामा समेत किसान,मजदुर एवम सुभचिन्तहरुसँग आश्रय लिएर होस या स्वयम आफै श्रमिक,ज्यामि भएर पसिनाको बलमा समेत छाक टार्न सिकेका याेद्धाहरु कहिल्यै पनि देह व्यापार गरेर बस्न नसक्ने ठोकुवा गर्नु भएको छ ।
हिजोका सामन्ति,दलाल एवम पुँजीपतिहरुसँग समेत नविकेका हामी जनमुक्ति सेनाका योद्धाहरुलाई अपमानित तवरले यौन व्यावसायमा सँलग्न भई जीवन निर्वाह गरिरहेको भन्ने काल्पनिक एवम कपोकल्पित दृश्यलाई कुनै पनि हालतमा सहन नसकिने वक्तव्य समाजिक सञ्जालबाट समेत बताउनु भएको छ ।
महान जनयुद्धका सहिद परिवार,वेपत्ता परिवार ,घाईते एवम अपाङ्ग योद्धाहरुलाई पार्टीले चाहे सरकारमा हुँदा होस चाहे विपक्षमा हुँदा होस राहत प्याकेज त ल्याएको छ यद्यपी राहत प्याकेज सोँचेअनुरुप हुन नसकेको कुरामा सत्यता भएता पनि तपाईको पीर नामक सृजानामा तपाईले बेस्याबृति गरेर ज्यान पालेको अर्थात छाक टारेको कुरा दृश्यमा देखाउँदै गर्दा के तपाईले हामी महिला तपाइका आमा,दिदी ,बहीनी एवम छोरी जातका होइनौ ? के तपाइको घरमा चुलो बोल्ने स्थिती नभएमा हामी महिला जातका तपाईका आमा,दिदी ,बहीनी एवम छोरीहरुलाई देह व्यापारमा पठानउनु हुन्छ ? प्रश्न गर्नु भएको छ ।
महिला मुक्ति आन्दोलनलाई बर्गिय मुक्ति आन्दोलन संग एकाकार गर्दै सबैखाले उत्पिडनको विरुद्ध पितृसत्तात्मक सामन्ती हिन्दु अहंकारबादी राज्य ब्यबस्थाको समुल नष्ट गर्दै नयाँ जनबादी राज्य ब्यबस्था स्थापनार्थ शुरु गरिएको महान जनयुद्धमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै आजको यो परिबर्तन धर्मनिरपेक्षता सहितको समाबेशी समानुपातिक चरीत्र बोकेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यबस्था ल्याउन मुक्ती या मृत्युको सपथ खाएर बलिभेदिमा होमिएका महान महिला योद्धाहरुमाथी गंभिर आघात पुग्ने नकारात्मक सन्देश सहितको यो भिडियो तुरुन्तै बन्द गर्न कडा चेतावनी दिनुभएको छ ।
गितले सर्जक प्रकाश सपुतलाई तपाईले चैत्र,बैशाखको धुपमा बालुवाको थुप्रोमाथी आफ्नो दुधे बालकलाइ सुताएर बालुवा चाल्दै गरेका,आफ्नो बच्चालाई पिठ्युँमा बोकेर हातमा छियाछिया हुने गरि गिट्टी कुट्दै गरेका, जँगलमा बच्चालाई सुताएर घांसको भारी पुर्याइ त्यही भारिमाथी बच्चा बोकेर घर फर्कदै गरेका,आफ्नो पिठ्युँमा पटुकाले बच्चालाई बाधी दिनभरी साहुको बारिमा कोदालो खनिरहेका,साहुको घर बनाउन इट्टाको भारिमाथी बच्चा सहित दिनभरी पसिना चुहाउदै गरिबी र अभाब बाच्न सिकेका यी श्रमिक महिलाहरुको कथा देख्न नसक्नु भएकोमा मलाइ निक्कै पिर दिएको छ ।
न तपाईंले जनयुद्धमा लागेबापत जीउँदै आँखा निकालिएका महिलाको बेथा देख्नु भयो न जिउदै जलाइएकाको । देख्नु भयो त केवल चरम गरिबी र अभावमा जिउन बाध्य भएका श्रमजीवी महिलाहरू श्रम गर्दैनन् तपाईंले भनेको काम गर्छन् । देख्नु भयो र नङ्याउनु भयो सिंगो महिला जगतको अस्मितालाई त्यसैले मलाइ पिर दिएको छ । खोइ मलाई थाहा छैन तपाईंले भनेको कुरा जसले आफ्नो गरिबिलाइ देह ब्यापारसँग साट्छ्न भनेर त्यसैले मलाइ पिर दिएको छ । उहीँ तपाईंले संकेत गर्न खोज्नु भएको मान्छे म


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया