
भलवाडबाट अवैध काठ बरामद

भाद्र १९ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडबाट अवैध काठ बरामद भएको छ लकडाउनको मौका छोपी वाणगंगा ९ भलवाडका प्राकृतिक स्रोत साधनको तस्करहरुबाट चरम चोरि निकासी पटक हुने गरेको छ । वाणगंगा ९ भलवाडको सरेपानि सामुदायिक वनको सिमा क्षेत्रबाट काठको चोरि निकासी भएको सूचनाका आधारमा सब डिभिजन वन कार्यालय गोरुसिंगेबाट पुगेको गस्ति टोलिले सो काठ बरामद गरेको हो । गए राति पडरियमा काठ तस्करहरुले काठ ल्याइ रहेको अवस्थामा साल जातको ६ थान चिरान काठ बरामद गरेको र २ थान समुदायले समातेको सब डिभिजन वन कार्यालय गोरुसिंगेका प्रमुख रामचन्द्र श्रेष्ठले बताउनु भएको छ । भाद्र ८ गते नदिबाट ढुंगा चोरि गरि ट्याक्टरमा ल्याइ रहेको अबस्थामा ईलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलिले पक्राउ गरि ट्याक्टर धनिलाइ कार्बाही गरेको थियो ।यसरी बाणगंगा ९ भलवाडमा शृङ्खलाबद्ध रूपमा प्राकृतिक स्रोत साधनको चोरी निकासी मौलाएको छ । खुलेआम एक समुह तस्करी धन्दामा सक्रिय बनेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया