

भलवाडबाट अवैध काठ बरामद



भाद्र १९ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडबाट अवैध काठ बरामद भएको छ लकडाउनको मौका छोपी वाणगंगा ९ भलवाडका प्राकृतिक स्रोत साधनको तस्करहरुबाट चरम चोरि निकासी पटक हुने गरेको छ । वाणगंगा ९ भलवाडको सरेपानि सामुदायिक वनको सिमा क्षेत्रबाट काठको चोरि निकासी भएको सूचनाका आधारमा सब डिभिजन वन कार्यालय गोरुसिंगेबाट पुगेको गस्ति टोलिले सो काठ बरामद गरेको हो । गए राति पडरियमा काठ तस्करहरुले काठ ल्याइ रहेको अवस्थामा साल जातको ६ थान चिरान काठ बरामद गरेको र २ थान समुदायले समातेको सब डिभिजन वन कार्यालय गोरुसिंगेका प्रमुख रामचन्द्र श्रेष्ठले बताउनु भएको छ । भाद्र ८ गते नदिबाट ढुंगा चोरि गरि ट्याक्टरमा ल्याइ रहेको अबस्थामा ईलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलिले पक्राउ गरि ट्याक्टर धनिलाइ कार्बाही गरेको थियो ।यसरी बाणगंगा ९ भलवाडमा शृङ्खलाबद्ध रूपमा प्राकृतिक स्रोत साधनको चोरी निकासी मौलाएको छ । खुलेआम एक समुह तस्करी धन्दामा सक्रिय बनेको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया