

भाग्य बोक्ने झोला एवं शैक्षिक सामाग्री वितरण




जिवन थापा, बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको आयोजनामा पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका स्थित श्री दैलातुङ्ग आधारभूत बिद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थीका लागि ‘भाग्य बोक्ने झोला एवम् शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम अन्तर्गत उक्त बिद्यालयमा अध्ययन गरिरहेका करिब ५१ जना बिद्याथीका लागि झोला, कापी, कलम लगाएतका शैक्षिक सामाग्री बितरण गरिएको हो । प्रत्यक वर्ष अध्यक्षको जिम्मेवारी सम्हाल्ने सबैले कम्तीमा एउटा यस्तो खालको कार्यक्रम आफ्नो गाउँमा वा अन्य क्षेत्रमा गर्ने अवधारणा अनुरुप पहिलो कार्यक्रमको रुपमा यो कार्यक्रमको आयोजना गरिएको र कार्यक्रम निक्कै नै भब्य र सोचे भन्दा राम्रो भएको क्लबका अध्यक्ष श्रीधर बस्यालले बताए । उनले भने ‘हामीले हाम्रो यस ब्लबबाट आयोजना गरेको सबैभन्दा धेरै बजेटको र सबैभन्दा शानदार कार्यक्रम समेत हो यो कार्यक्रम मेरो गाउँमा आएर गर्न पाउँदा निक्कै खुसी महशुस भएको छ ।’ आगामी वर्षका अध्यक्ष ज्यूहरुले यस्तै खालका सामाजिक कार्यमा निरन्तरता दिनुपर्नेमा समेत अध्यक्ष बस्यालले जोड दिदै यो कार्यक्रममा सहयोग गर्नुहुने सबैलाइ आभार प्रकट गर्दै प्रशंसा पत्र समेत प्रदान गरेका थिए ।
कार्यक्रममा दैलातुङ्ग गाउपालिका वडा नं.–७ का वडा अध्यक्ष गुन बहादुर बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरुमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञमुर्ती खराल, विद्यालयका प्रधानाध्यापक केशवराज खराल, क्लबका पुर्व अध्यक्ष भेषराज पोखरेल, समाजसेवी तुलसीराम अर्याल लगाएतको उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै अतिथिहरुले क्लबको उक्त कार्यको प्रशंसा समेत ब्यक्त गरेका थिए ।
क्लबका अध्यक्ष श्रीधर बस्यालको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष सुनिल कुंवरको स्वागत मन्तब्य तथा सचिव महेश ज्ञवालीको सञ्चालमा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया