

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आजदेखि अन्तिम चरणका खेल सुरु हुँदै


काठमाण्डाै
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि अन्तिम चरणका खेल सुरु हुँदैछन् । १३औँ चरण अन्तर्गत दशरथ रङ्गशालामा आज हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।
खेल दिउँसो एक बजे सुरु हुनेछ । हिमालयन शेर्पा १२ खेलमा १३ अङ्क जोडेर दशौँ स्थानमा छ । फ्रेन्ड्स १२ खेलमा १० अङ्क जोडेर १२औँ स्थानमा छ । यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन् । खेल दिउँसो एक बजे सुरु हुनेछ ।
रेलिगेसनमा परिसकेको च्यासल १२ खेलमा ६ अङ्क जोडेर पुछारमा छ । सातदोबाटो १२ खेलमा १८ अङ्क जोडेर पाँचौँ स्थानमा छ । लिगको ११औँ चरणमा मच्छिन्द्र फुटबल क्लबले उपाधि जितिसकेको छ । १३औँ तथा अन्तिम चरणका ७ खेलसँगै लिग सकिनेछ ।
भोलि जावलाखेल युथ क्लब र सङ्कटा क्लब तथा ‘ए’ डिभिजनबाट घटुवा भइसकेको ब्रिगेड ब्वाइज क्लब र थ्री स्टार खेल्नेछन् । लिगको अन्तिम दिन पर्सि तीन वटा खेल हुनेछन् ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया