

नेपाल समूह विजेता बन्दै टी–२० विश्व कप छनाेटकाे सेमिफाइनलमा

काठमाण्डाै
नेपाल समूह ‘ए’ विजेता बन्दै आईसीसी टी–२० विश्व कप छनाेटकाे सेमिफाइनलमा पुगेकाे छ । आज साेमवार ओमानकाे अल अमिरात मैदानमा क्यानडाले दिएकाे ८१ रनकाे लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाउँदै भेटाएकाे हाे ।
नेपालकाे जितमा कुशल भुर्तेलले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । यसअघि आशिफ शेख १७ रन बनाएर आउट हुँदा कुशल मल्ल खाता नखाेली एक बलमै आउट भए । बलिङतर्फ क्यानडाका कलीम साना र सलमान नजरले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रन मात्र बनाउन सक्याे । उसका लागि डिलाेन हेलिगर नटआउट २४ र कप्तान नवनीत धलिवालले १८ रन बनाए पनि अन्य ब्याटरले राम्राे अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी र अविनाश बाेहराले दुई विकेट लिँदा कुशल मल्लले एक–एक विकेट लिए ।
यसअघि नेपालले फिलिपिन्स र आयाेजक ओमानलाई हराएकाे थियाे ।
अब नेपालले सेमिफाइनलमा समूह ‘बी’ काे उपविजेता यूएईसँग खेल्नेछ । अर्काे सेमिफाइनलमा समूह ‘बी’ काे विजेता आयरल्यान्डले समूह ‘ए’ काे उपविजेता ओमानसँग खेल्नेछ । सेमिफाइनल खेल भाेलि मङ्गलवार हुनेछ ।
यस्तै फाइनल खेल आउँदाे बिहीवार हुनेछ । फाइनल पुग्ने दुई टोलीले आउँदाे अक्टोबरमा अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कप खेल्न पाउनेछन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया