
८५ टन युरिया मल कपिलवस्तुमा आयो

भदौ १९, कपिलवस्तु ।
कपिलवस्तुमा एक हजार ७०० बोरा युरिया मल भित्रिएको छ। बुधवार राति कृष्णनगरमा रहेको साल्ट ट्रेडिङमा ८५ टन युरिया आएकाले वितरण गर्न सुरु गरिएको कार्यालयले जनाएको छ । लकडाउन यता मल अभाव भएको हुँदा तत्काल कृषकको पहुँचमा पुर्याउन वितरण गर्न सुरु गरिएको बताइएको छ। कपिलवस्तुभर कृषि सामग्री संस्थानका दुई डिपो र साल्ट ट्रेडिङका एक शाखाबाट मलको आपूर्ति गरिँदै आएको थियो। मल अभाव हुँदा केही किसानले भारतीय बजार र तीन डिपोबाट लकडाउनअघि वितरण भएको मल प्रयोग गरेका थिए। कपिलवस्तुमा चालु आर्थिक वर्षमा पहिलो पटक मल आपूर्ति भएको हो। लकडाउनमा साल्ट ट्रेडिङको डिपोमा रहेको १४ हजार बोरा मल वितरण भएको थियो। जिल्लाभरी सहकारी संस्थामार्फत मल वितरण गरिँदै आएको साल्ट ट्रेडिङ कृष्णनगरका प्रमुख धिरेन्द्र सिंह श्रेष्ठले बताए।



खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया