

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु



बाँके ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । राप्ती सोनार ६ निवासी करिव ६० वर्षीय धनबहादुर चलाउनेलाई शनिबार बिहान बाघले आक्रमण गरी मारेको हो ।
केही समयअघि पनि वडा नम्बर ६ कै २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोना निवासी ५३ वर्षीया लिला बिष्टलाई पनि बाघले आक्रमण गरी मारेको थियो । बाघले शनिबार बिहान फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वन अन्तर्गत पर्ने सिक्टा सिचाइँ आयोजनाको पुर्वी नहरको छेउमा ६० वर्षीय चलाउनेलाई आक्रमण गरेको राप्ती सोनारी ६ का स्थानीय बासिन्दा प्रदिप पौडेलले जानकारी दिए ।
उनका अनुसार बाघले चलाउनेलाई करिब ५ सय मिटर जंगल भित्र लगेको थियो । गाउँबाट ठूलो संख्यामा गाउँलेहरु पुगेपछि बाघले शवलाई छाडेर भागेको थियो । सामुदायिक वन समुहले उपभोक्ताका लागि शनिबार दाउरा, घाँस खोलेको थियो ।
दाउरा, घाँस काट्नका लागि सामुदायिक वन क्षेत्रमा करिव २५÷३० जनाको संख्यामा शनिबार बिहाान जंगलमा गएका थिए । बाघलाई देखेपछि केहीले रुखमा चढेर ज्यान जोगाउन सफल भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पनि फत्तेपुरमा बाघले फेरि मान्छे मारेको पुष्टि गरेको छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया