

‘ए’ डिभिजन लिग : बाह्राैँ चरणको खेल आजदेखि, फ्रेन्ड्स र च्यासल तथा मच्छिन्द्र र थ्री स्टार खेल्दै


काठमाण्डाै
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि बाह्राैँ चरणको खेल सुरु हुँदैछ ।
आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लब दिउँसो १ बजे खेल्दैछन् ।
दुवै टोलीलाई रेलिगेसनमा पर्नबाट जोगिन जित्नैपर्ने दबाब छ । फ्रेन्ड्स ११ खेलमा ७ अङ्क जोडेर अङ्कतालिकाको १२औँ स्थानमा छ । समान खेलमा च्यासल ६ अङ्क जोडेर पुछारमा रहेको छ ।
यस्तै दोस्रो खेलमा ‘ए’ डिभिजनको च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र थ्री स्टार क्लब बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा खेल्दैछन् ।
मच्छिन्द्र ११ खेलमा २९ अङ्क जोडेर शीर्ष स्थानमा छ । थ्री स्टार १८ अङ्ककासाथ चौथो स्थानमा छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया