

टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट : नेपालले आज फिलिपिन्ससँग खेल्दै


काठमाण्डाै
आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आज नेपालले फिलिपिन्ससँग खेल्दैछ । ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्न लागेको हो ।
खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ ।
हिजो भएको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् । समूह ‘बी’मा उत्कृष्ट रनरेटका साथ क्यानडा शीर्ष स्थानमा छ ।
दुई समूहबाट शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले फिलिपिन्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्ने लगभग पक्का हुनेछ । नेपालले पर्सि सोमवार क्यानडासँग खेल्नेछ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया