

वेस्ट इन्डिजसँगको टी–२० श्रृङ्खला भारतलाई





काठमाण्डाै
भारतले दोस्रो टी–२० मा पाहुना टोली वेस्ट इन्डिजलाई ८ रनले हराएको छ । योसँगै भारतले तीन खेलको टी–२० श्रृङ्खला एक खेल अगाडि नै जितेको छ ।
गएराति भएको खेलमा १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनायो । वेस्ट इन्डिजका रोभम्यान पावेलले ६८ रनको अविजित अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । निकोलस पुरन ६२ रनमा आउट भए ।
भारतका भुवनेश्वर कुमार, युजभेन्द्र चहल र रवि विश्रोईले एक/एक विकेट लिए । त्यसअघि कोलकातामा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो। भारतका ऋषभ पन्त ५२ रनमा अविजित रहे । विराट कोहली ५२ रनमा आउट भए ।
वेस्ट इन्डिजका रोस्टन चेशले ३ विकेट लिए । रोमारियो शेफर्ड र शेल्डन कटरेलले एक/एक विकेट लिए । भारत पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टी–२० भोलि हुनेछ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया